Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धरान काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को



धरान । नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा धरान ८ का १८ जनाले नेपाली काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेको मेयर पदका उम्मेद्धवार मन्जु भण्डारी र उप मेयर पदम इस्वो लिम्वू सहितको मतदातासँग घरदैलो अभियानकै क्रममा बुधबार उनीहरू पार्टी प्रवेश गरेका हुन ।
पाटी प्रवेश गर्दै राम वहादुर तामाङले काँग्रेसमा राजनीतिक आचारण र व्यवहार नभएकाले आफुले पाटी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेको बताए । उनले भने,“काँग्रेसले कुरा मात्रै गर्ने जनतालाई झुक्काउने कामदेखि केही गरेन , त्यसैले विकास र समृद्धिको लागि नेकपा एमालले नै जनताको पाटी र विकास गर्ने पाटी भएकाले काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हौं, आगामी निर्वाचनमा एमालेले नै जित्ने छ ।”
पार्टिका केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवारमा रहेका मन्जु भण्डारी र उपमेयरका उम्मेद्धवार पदम इस्वोले स्वागत तथा बधाई दिदै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराए । कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष हर्क एभेङ्ग , प्रदेश सदस्य मोतिराज सुनुवार, नारायण सुवेदी, प्रदेश सांसद जय कुमार राई लगायतले वधाई तथा शुभकामना दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार