रंगेली । नेपाली काँग्रेस रंगेली नगरसमितिका उपसभापति सञ्जीव श्रेष्ठले वडा नं ७ को वडा अध्यक्षका लागि बागी उमेद्वारी दिएका छन् ।
श्रेष्ठले आफुलाई केन्द्रदेखि जिल्लासम्मका नेता तथा कार्यकर्ताहरुले ११ गतेसम्म नै टिकटका लागि लबिङ गरेको र अध्यक्षको टिकट दिने आश्वासन इिएको थियो ।
नेपाली काङ्ग्रेस रंगेली नगरको अधिवेशनमा चुनावमा विजयी भएर उनी नगर उपसभापति भएका थिए । उनले चाकडी र झोला बोकेकै कारण पार्टीमा कुनै पनि योगदान समेत नगरेका कार्यकर्तालाई टिकट दिएको आरोप लगाएका छन । वडाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठले आफूलाई वडा बासिन्दाले राम्रो मत दिने र राम्रो प्राप्त गर्ने विश्वास रहेको समेत बताए ।