सागर थापा, एमाले
३० बर्ष अघिदेखि राजिनीतीमा लागेका सागर थापा यस पटक नेकपा एमालेबाट बिराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका छन् । नेकपा एमालेले गरेको निर्णय अनुसार ५ जजना प्रतिस्पर्धी मध्येबाट थापा उम्मेदवार बनेका हुन् । अनेरास्ववबियु प्रारम्भिक कमिटिबाट राजनीति शुरु गरेको थापा अहिले महानगर कमिटिको अध्यक्ष हुन् ।
झण्डै दुई कार्यकाल महानगर कमिटि हाँकेका थापा अघिल्लो स्थानीय तहको निर्वाचन २०७४ मा पनि दाबेदार थिए । बि।सं।२०३२ सालमा जन्मिएका थापा २० बर्ष अघि देशकै चर्चित महेन्द्र मोरङ क्याम्पसमा अनेरास्वबियुको तर्फबाट एक्लै स्वबियु सभापतिमा निर्वाचित भएपछि उनको उचाई चुलिएको थियो ।
राजनीतिमा महत्वपुर्ण अर्थ राख्ने महेन्द्र मोरङ क्याम्पसमा सम्पुर्ण सिट नेबि संघले जितेको अबस्थामा एक पटक उनी एक्लैले स्वबियु सभापति र अर्को पटक अन्य सदस्य सहित सभापति जितेका थिए । उनले दुई कार्यकाल स्वबियु सभावपति जित्दा अहिलेका बिराटनगरका मेयर भीम पराजुली कोषाध्यक्ष र सचिव थिए । स्वबियु काउन्सीलको केन्द्रीय सदस्य, एमालेको जिल्ला कमिटि सचिवालय सदस्य हुँदै महानगरको अध्यक्ष भएका थापा पछिल्लो समय विराटनगरमा संगठन बिस्तारमा सक्रिय रुपमा लागेका थिए । पढाईमा स्नातकोत्तर गरेका थापा महेन्द्र मोरङको राजनीतिमा १५ बर्ष भन्दा बढी सक्रिय थिए ।