विराटनगर / अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा एमालेको टिकट बितरणमा बोलबाला , हर्ताकर्ता र एकलौटी निर्णय गर्न हैसियतमा रहेका एमाले नेता भिम आचार्य यस पटकको टिकट वितरणमा कहि नदेखिएपछि उनी कता गुमनाम भए भनेर खोजी हुन थालेको छ ।
२०७४ को चुनाबमा आचार्यले जस्लाई भन्यो त्यसले टिकट पाउथ्यो । उम्मेदवारी मनोनयनको दिन समेत उनको घरमा घुईचो थियो । सुनसरीको पार्टी सचिब हुदै केन्दीय सचिब भएका आचार्यको जोडबलमा प्रदेश १ मा एमालेका धेरैले टिकट पाए । प्रदेश १ का १३७ पालिकामा छानीछानी उनले टिकट दिएका थिए । तर ५ वर्षपछी हुदै गरेको अहिलेको निर्वाचनमा उनको टिकट वितरणमा काहि हस्तक्षेपकारी भुमिका देखिएन ।
एमाले पार्टीमा आएको पछिल्लो उथलपुथलले उनी पार्टीको स्थायी समिती सदस्य त भएका छन । एमालेमा यो माथिल्लो निकाय हो तर उनले आफनो रफतारलाई बढाउन सकेनन या घेराबन्दीमा परे उनको यो कारणले अहिले उनी अधि देखिएनन । पार्टीमा हुने गरेका छलफल हरुमा समेत उनको उपस्थीती नदेखिएको एमालेका एक केन्द्रिय सदस्यले बताए ।
पार्टीको उथलपुथलमा भण्डै ७० दिन प्रदेश मुख्यमन्त्री हुदा चमत्कारीक ढङगले रफतारमा काम गरेपनि चुनाबको टिकट बितरणमा उनी नदेखिए पछि कार्यकर्ताहरुले भने उनको खोजी गरेको एमालेका नेताहरुले बताए । भिम आचार्य आफु भने अहिले सुनसरीमै केन्द्रित रहेको बताउछन । उनले भने “ म अहिले चुनाबकै कार्यक्रममा छु अहिले पनि कार्यक्रममा धरान जादै छु ” । यतिखेर आफु जिल्लाको चुनाबी कार्यक्रममा घुमिरहेको र टिकट बितरणमा पनि आफुले सुझाब दिएको उनले बताए । उनले भने “ म अहिले प्रदेश कमिटीमा छुईन आबश्यक नपरेकाले साथीहरुले नखोजेको पनि हुन सक्छ तर मैले मेरो ठाउँ बाट सबै गरेकै छु ” ।