बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति एवं अमेरिकी गायक निक जोनस सरोगेसी विधिबाट अभिभावक बनेको सबैलाई थाहा छ । तर दुवैले आफूहरु छोरीको बुवाआमा बनेको कुरालाई भने लुकाउँदै आएका थिए ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रियंका र निक छोरीको बुवाआमा बनेका छन् र शिशुको नामाकरण पनि गरेका छन् । प्रियंकाले आफ्नी छोरीको नाम मालती म्यारी चोपडा जोनस राखेकी छन् । उनले यो नाम दर्ता पनि गराएको हलिउड पोर्टल टीएमजेडले जनाएको छ । जन्मदर्तामा उल्लेख भएअनुसार मालतीको जन्म १५ जनवरीमा क्यालिफोर्नियाको सान डियागोमा राति ८ बजे भएको थियो ।