Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

८० औं जन्मदिन मनाउँदै अमिताभ बच्चन



बलिउडका महानायक अमिताभ बच्चनले आज आफ्नो  ८० औं जन्मदिन मनाउँदै छन् ।  उनको जन्म सन् १९४२, ११ अक्टुवरमा भएको थियो  ।

विश्व युद्ध चलिरहेको अवस्था र ‘भारत छोडो आन्दोलन’  चर्किरहेको समयमा उनको जन्म भएको भन्दै  भारतीय सञ्चारमाध्यमहरूले चर्चा गरेका छन् ।

उनले सात हिन्दुस्तानी नामको चलचित्रमा डेब्यु गरेका थिए भने ८० वर्षको उमेरमा ब्रह्मास्त्र र गुडबाईमा मुख्य भूमिका निभाएका छन् ।

जिन्दगीको ८ औं दशकमा पनि अमिताभ सक्रिय र स्वस्थ देखिन्छन् ।  ११० वर्ष पूरानो भारतीय सिनेमा इतिहासमा ५० वर्ष त अमिताभले योगदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार