Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कमेडी च्याम्पियन हिमेश स्वतन्त्र पार्टीबाट चुनाव लड्ने



काठमाडौं । कमेडी च्याम्पियन पहिलो सिजनको विजेता हिमेश पन्त धादिङ १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका हुन् ।
स्वतन्त्र पार्टीको धादिङ जिल्ला समितिले सो क्षेत्रबाट पन्तको नाम सिफारिस गरेको हो । उनी टिभी रियालिटी शो कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार