विराटनगर । प्रेमगीत ३ुको हिन्दी डबलाई विदेशी फिल्म मान्ने कि स्वदेशी भन्ने विषयले पछिल्लो समय फिल्म वृत्त तातिएको थियो । नेपाली भाषाको फिल्म प्रदर्शनमा आए पनि यही विषयका कारण हिन्दी डब प्रदर्शनमा आउन सकेन ।
तर, बोर्डले ९ गते केन्द्रीय जाँच समितिमा फिल्म जाँचका लागि सिफारिस गरेसँगै हिन्दी डब सोमबारदेखि प्रदर्शनमा आउने भएको छ । यसबीच फिल्म निर्माण टिमले हिन्दी डबको प्रदर्शनमा रोक लगाएको भन्दै विकास बोर्डलाई आरोप लगाउँदै आएका थिए । निर्माता सन्तोष सेनले हिन्दी डबलाई नेपाली फिल्म सरह व्यवहार गर्न वोर्डलाई अनुरोध पनि गरेका थिए ।
तर, वोर्ड विदेशी फिल्मले तिर्नुपर्ने विकास शुल्क र स्वराङ्कनको अनुमति हिन्दी डबले लिनुपर्ने अडानमा थिए । अन्तत लामो विवादपछि वोर्डले हिन्दी डबलाई प्रदर्शनको ढोका खोलिदिएका छन् ।