Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आईपीएलमा दिल्लीको सहज जित



विराटनगर,८ बैसाख । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको छ ।

११६ रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍याे । दिल्लीको जितमा डेविड वार्नरले ३० बलमा सर्वाधिक ६० रन बनाए ।

यसअघि  मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा मात्र  ११५ रन बनाएकाे थियाे । पन्जाबका जितेश शर्माले सर्वाधिक ३२ रन बनाए । दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदीप यादवले २-२ विकेट लिए ।

जितपछि दिल्ली ६ खेलबाट तीन जितसहित ६ अंक जोडेर छैटौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ जितसहित समान अंकसहित  आठौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार