Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

३० रुपैयाँले घट्यो खाने तेलको मूल्य



काठमाडौं : खाने तेलको मूल्य लिटरमै ३० रुपैयाँले घटेको छ।

सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाएपछि खाने तेलको मूल्य घटेको हो।

सूर्यमुखी तेल, तोरीको तेल र भटमासको तेलको मूल्य घटेको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले जानकारी दिए।

त्यसैगरी चार महिनाको अवधिभर खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको संघका अध्यक्ष सन्दीप अग्रवाल बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार