Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे ‘इन्गेजमेन्ट’



काठमाडौ । गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन्।
आइतबार आफूहरूले इन्गेजमेन्ट गरेको दुवै जनाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।
खत्री र मैनालीले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुआत तिमीसँग हुनु नै मेरो जीवनकै सुखद् पक्ष हो। चाहना यत्ति छ कि साथ र माया सँधै पाइरहुँ। जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रितिरिवाज अनुसार इंगेजमेन्ट गरेका छौं।’

प्रतिक्रिया
सम्बन्धित समाचार