Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

१० वर्षपछि एमालेमै फर्किए हेमराज राई


  • Purbeli Press
  • बुधबार, भाद्र १ २०७९

विराटनगर : एमाले परित्याग गरेको १० वर्षपछि जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई एमाले प्रवेश गरेका छन् । राईसहित अन्य दश जना केन्द्रीय सदस्य र ठूलो संख्यामा प्रदेश र जिल्लास्तरका कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन्।

उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे। ओलीले सबैलाई विना भेदभाव यथोचित जिम्मेवारी दिइने आश्वासन समेत दिएका छन् ।

जसपाका केन्द्रीय सदस्य शान्त कुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिं राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा र शङ्करबहादुर सार्कीलाई ओलीले बुधबार पार्टी कार्यालय च्यासलमा स्वागत गरेका हुन् ।

२०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमालेको तर्फबाट हेमराज राई उद्योगमन्त्री बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार