Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सिट बाँडफाँड गर्न गठित पाँचदलीय कार्यदलको पहिलो बैठक बालुवाटारमा



विराटनगर । सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक बस्दैछ । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यले बताएका छन्  । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँडबारे छलफल गर्ने तयारी छ ।कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार