विराटनगर : बैंकिङ्ग कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ गरिएको छ । मोरङ रतुवामाई नगरपालिका वडा नं ६ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की पक्राउ परेका हुन् ।
कार्कीलाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटीएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा बिहिबार धरान १२ छाताचोकबाट पक्राउ गरेको हो ।
फरार रहेका कार्कीको बैकिङ कसुर मुद्धामा उच्च अदालत विराटनगरको मिति २०७७।०९।२७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः २ दिन कैद र ९ लाख ५० हजार जरीवाना भई लगत नं ७६१ मा कैद तथा जरीवाना बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो ।
पक्राउ परेका कार्कीलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।