Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रित गौतमले न्यूजिल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने



काठमाडौ । क्रिकेट युवा स्टार रित गौतमले न्यूजिल्यान्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
रितलाई न्यूजिल्याण्डको गिजर सिटी क्रिकेट क्लबले ६ महिनाका लागि अनुबन्ध गरेको हो। रितले भने, न्युजिल्यान्डको प्रिमियर लेभलको क्रिकेट हो। डिभिजन वान, च्याम्पियनसिप र प्रिमियर सबैभन्दा माथिल्लो स्तरको क्रिकेट हो।
रितले आफू प्रतियोगिताका लागि उत्साहित रहेको बताएका छन्। उनले भने, ‘यो मेरो लागि ठूलो अवसर हो, ठूला खेलाडीसँग खेल्न पाइन्छ तर मेरो उदेश्य भनेको राष्ट्रिय टोलीबाट खेल्ने हो।’
हाल अभ्यासको क्रममा दिल्लीमा छन्। आगामी अक्टोबरबाट सुरु हुने लिगका लागि सेप्टेम्बरमा जाने तयारीमा छन्। उमेर समूहमा सशक्त प्रदर्शन गर्दै आएका रित उमेर समूहमा दुई शतक प्रहार गर्ने एक्ला क्रिकेटर हुन्।
उनले नेपालबाट सन् २०१७ मा यू–१६ इस्टर्न रिजनमा म्यानमारविरुद्ध १ सय ६ रनको नटआउट पारी खेलेका थिए। यस्तै एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध १ सय १५ रन हानेका थिए। नेपालखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार