Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

‘लाखे’को ट्रेलर रिलिज, मुख्य भूमिकामा सौगात, अर्पण र अनुपविक्रम



काठमाडौं । सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही स्टारर फिल्म ‘लाखे’को ट्रेलर रिलिज भएको छ ।
नेवारी परम्परामा रहेको लाखेलाई विम्बात्मक रुपमा प्रस्तुत गरिएको फिल्मको टिजरमा मुख्य पात्र चित्रित छन् । टिजरमा मुख्य कलाकार सौगात, अर्पण, अनुपविक्रम, आर्यन र प्रशान्त ताम्राकारको एक्सन दृश्यलाई ठाउँ दिइएको छ
सम्राट बस्नेत निर्देशित फिल्म भदौ ३१ मा रिलिज हुँदैछ । ‘लाखे’मा वर्षा राउत, सुशील सिटौला लगायतले अभिनय गरेका छन् । फिल्मको लेखन आकाश बरालले गरेका हुन् ।
सिजन अर्याल र जीएम ठकुरी निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् भने सम्पादन अर्जुन जीसीले गरेका छन् । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । अनलाइनखबरबाट

https://youtu.be/h1f9IJY4GcU

प्रतिक्रिया
सम्बन्धित समाचार