Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्थानीय चुनावमा भएको अन्तरघात छानबिन गर्न एमालेले बनायो विष्णु पौडेलको नेतृत्वमा कार्यदल



काठमाडौ । नेकपा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय चुवामा भएको अनरघातको छानबिन गर्न तीन सदस्यीय कार्यदल बनाएको छ।
आइतबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको हो। कार्यदलमा उपमहासचिव विष्णु रिमाल र स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख खगराज अधिकारी छन्।
कार्यदलले निर्वाचनमा भएको अन्तरघातको छानबिन गर्ने र कारबाहीको सिफारिस गर्ने अनि कारबाहीसमेत गर्न सक्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।
सचिवालय बैठकपछि बोल्दै गुरूङले सत्ता गठबन्धन निर्वाचनसम्म सग्लो नरहनेसमेत दाबी गरे।
ुबैठकमा सत्ता गठबन्धनका गतिविधिबारे पनि छलफल भयो। यसले गरेका गलत कामको भण्डाफोर गर्नेसमेत हामीले निर्णय गरेका छौं,ु उनले भने,ुसत्ता गठबन्धन कायम रहन्छ भन्ने विश्वास छैन। एक अर्कामा अविश्वास छ। कांग्रेसले नेकपा एस र माओवादीलाई अपमान गर्‍यो भन्ने छ।ु
उनले सत्ता गठबन्धनकै दलभित्र पनि विभिन्न गुट सिर्जना भएको बताए। जसपा विभाजनको बाटोमा रहेको र त्यसको शक्ति छिन्नभिन्न हुनेसमेत उनले दाबी गरे।
ुजसपा पनि विभाजनको संघारमा छ। त्यो शक्ति कता लाग्छ भन्ने हो। हामी पनि हातखुट्टा बाँधेर बस्दैनौं। चुनावसम्म गठबन्धन सग्लो रहन्छ भन्ने हामीलाई लाग्दैन,ु उनले भने। सेतोपाटीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार