काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा हिउँमा चिप्लिएर उत्तानो परेको हो ।
स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए ।
दुर्घटनामा परी १ बालकसहित १५ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ । क्यानडाको यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।