Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश सभामा राजेन्द्र राई – ‘सरकारको हाल खबर सोध्न मन लाग्यो !’



विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले १४ जिल्लामा कहिपनि विकास निर्माणको काम सुरु नभएको भन्दै आपत्ति जनाएका छन् ।

आजदेखि सुरु भएको प्रदेश सभाको पहिलो बैठकमा दलको नेताको रुपमा बोल्दै उनले भने – ‘कुनै पनि ठेक्का लागेका छैन, अघिल्लो वर्ष सुरु भएको विकास निमार्णको योजना बन्द भएका छन् सरकारको हाल खबर के छ ? सरकारले अहिलेसम्म केही पनि गरेको देखिन्न ।’

प्रदेश सभाको अधिवेशन ढिलो सुरु भएको भन्दै उनले भने- ‘संसद चल्दै चल्दैन बोल्ने बानी छुटिसक्यो, संसद नचलेर सांसद हुँ भनेर पनि बिर्सिए ।’

नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका राईले एक वर्षमा ६५ दिन पनि संसद नबसेको संसद बैठक जारी राख्नु पर्ने र सरकारले बिजनेश दिनुपर्ने बताए । यस्तै अहिले समाज जातीय रुपमा ध्रुविकरणमा लागेको भन्दै यसलाई हटाउन दलहरुले समेत ध्यान दिनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार