Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जनकपुरसँग विराटनगर पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । जनकपुरले विराटनगरलाई आठ विकेट हराएको हो । विराटनगरले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १५ ओभर तीन बलमा भेट्टायो ।

जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ र हर्ष ठाकरले अविजित २९ रन बनाए । विराटनगरका क्रिस सोल र प्रतिश जिसीले समान एक एक विकेट लिए ।

त्यसअघि त्रिवी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्ग्स १९ ओभरमा एक सय २७ रन बनाउँदै अलआउट भयो । विराटनगरका लागि मार्टिन गप्टिलले सर्वाधिक ५५ रन बनाए । जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । कीर्तिपुरमा रहेको त्रिवि मैदानमा आजदेखि शुरु भएको एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार