Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राजेन्द्र लिङ्देनको प्रश्न- ‘ओलीले कति बर्ष देश चलाए देश विकास हुन्छ ?’



डोटी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सत्ता गठबन्धनले देशको विकास नहुने बताउनुभएको छ ।

बुधबार सुदूरपश्चिमको डोटीमा आयोजित पार्टी कार्यक्रममा उहाँले अहिले सरकारमा रहेका र विपक्षमा रहेका दलहरुबाट देश विकास हुन्छ भन्ने विश्वास नभएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कति बर्ष देश चलाए देश बन्छ भन्दै उहाँले प्रश्न गर्नुभयो । अझै शेरबहादुर देउवा, प्रचण्डलाई प्रधानमन्त्री बनाएर देश नबन्ने दाबी गर्दै उहाँले कांग्रेस, एमाले र माओवादीका दोस्रो पुस्ताका नेताहरुमा पनि देश बनाउन सक्ने अनुहार नदेखिएको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार