Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले इलाम अधिवेशन : नेतृत्व चयनका लागि मतदान हुँदै



विराटनगर । नेकपा एमाले इलाम जिल्लाको नेतृत्वको लागि अहिले चुनाव भइरहेको छ । सर्वसहमतिको प्रयास असफल भएपछि आज निर्वाचन भएको हो ।

एमाले इलामको ११औँ अधिवेशनमा अध्यक्षका लागि गणेश बराल र नरेन्द्रनाथ भट्टराईले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै उपाध्यक्षमा उदयबहादुर राई, उमेश गुरुङ र बुद्धिप्रसाद खनालले उम्मेदवारी दिनुभएको छ । सचिवमा भने रवीन्द्र सुवेदी र प्रकाश अधिकारी प्रतिस्पर्धामा हुनुहुन्छ ।

एक महिलासहित दुई उपसचिव पदका लागि विष्णुमाया आचार्य रिमाल, दिलकुमारी लावती, यामबहादुर राई, मानवीर लुहागुन, रमेशकुमार राई र छवि श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले इलामको अधिवेशनमा ५ सय ८७ जना प्रतिनिधि छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार