Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

निर्वाचन प्रतिष्ठाको विषय हो कसैलाई दायाबाँया गर्ने छुट छैन : शेरधन राई



विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले आगामी मंसिर १६ गते हुने उपचुनावमा कुनै भ्रममा नपरी चुनावको प्रचार प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज मोरङको ग्रामथानमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सिंगो पार्टी शक्तिलाई व्यवस्थित र प्रभावकारी रुपमा चुनावमा परिचालन गर्न समेत उहाँले आग्रह गर्नुभयो । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईले एमालेले मिसन ८४ को लक्ष्य तय भइसकेको भन्दै यो लक्ष्यलाई पुरा गर्न पछिल्लो समय पार्टीले पार्टी शुद्धिकरण र सुदृढिकरणको अभियान तीव्र गतिमा अघि बढाएको बताउनुभयो ।

उहाँले अहिले मुखैमा आएको उपचुनावमा पनि कसैले तलमाथि गरे वा घात प्रतिघात गरे हिसाब राख्ने चेतावनी दिनुभयो । नेता राईले भन्नुभयो- ‘चुनावी अभियानमा घात प्रतिघात गर्नेहरुको मात्र नभइ अभियानमा नहिड्नेसम्मको हिसाब हुन्छ ।’

नेकपा एमालेलाई पहिलो शक्ति बनाउन आवश्यक रहेको भन्दै उहाँले सबैलाई मिसन ८४ लाई ध्यानमा दिएर अघि बढ्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार