Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुलुकको आर्थिक अवस्था सुधार हुँदैछ : प्रधानमन्त्री ओली



विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलकको आर्थिक अवस्था सुध्रिदै गएको बताउनु भएको छ ।

विराटनगर विमानस्थमा आज सञ्चारकर्मीसँगको छोटो कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्थामा क्रमश सुधार हुँदै आएको बताउनु भएको हो । आर्थिक अवस्थाको सुधार हुँदै गएको बताउनु भएको छ ।

उहाँले भन्नुभयो- ‘ मुलुकको आर्थिक अवस्थाको सुधारमा सरकारले काम गरिरहेको छ ।’

प्रधानमन्त्री ओलीले संविधान संशोधनबारे पनि छलफल भईरहेको बताउनुभयो । उहाँले दलहरुवीच छलफल भईरहेको छ ।

प्रधानमन्त्री ओली सुनसरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा सहभागि हुन आउनु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह ८ वर्षपछी भएको हो ।

सन् २०१६ मा १२औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले सोमबार १३ औं दीक्षान्त गर्दै छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरु दीक्षित गर्ने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार