Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विश्वकप लिग २ खेलेर टोली फर्कियो



काठमाडौँ । आईसीसी विश्वकप लीग -२ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कीएको छ ।

आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखलामा खराब प्रदर्शन गरेको नेपाली टोली आज स्वदेश फर्किएको हो ।

कप्तान रोहित पौडेलले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान पौडेलले यस्तो बताएका हुन् ।

क्यानडामा खेल्न केही असहज भएको र अमेरिकामा टोली राम्रो आकारमा देखिए पनि ब्याटिङमा राम्रो गर्न नसकेको बताए । कप्तान पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार