Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

फाइनलमा नेपाल पराजित



विराटनगर । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २(१ को अग्रता लिएको हो । यसअघि बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो ।

खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।

योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ । बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । त्यस्तै नेपालले भने यो सहित छैटौं पटक साफको फाइनलमा पराजित भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार