Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अमेरिका ‘ए’सँग लज्जास्पद हार



काठमाडौं । अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा कमजोर ब्याटिङका कारण नेपाल ४ विकेटले पराजित भएको छ ।

पहिले ब्याटिङ गर्दै नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका एले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका ए का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए ।

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो । अमेरिकामा पर्सि शुक्रवारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ ।

यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले क्लिन स्वीप गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार