Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कुशल चम्किँदा अमेरिका क्लिनस्वीप



काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी २० आई सिरिज क्लिनस्वीप गरेको छ ।

आज भएको तेश्रो खेलपनि नेपालले ८ विकेटको जित निकाल्दै क्लिनस्वीप गर्न सफल भयो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८।४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो । नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।

प्रतिक्रिया
सम्बन्धित समाचार