Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सोमपाल हिरो बन्दा सुपर ओभरमा नेपालको जित, सिरिज नेपालको पक्षमा



विराटनगर । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोश्रो खेलमा सुपर ओभरमा नेपालले जित निकालेको छ ।

अमेरिकाको डल्लासमा भएको खेलमा निर्धारित ओभरमा १ सय ७० रनको बराबरी खेलेपछि भएको सुपर ओभरमा बलिङ गरेका सोमपाल कामीले २ विकेट लिँदै २ रनमै अमेरिकालाई रोकेका थिए । यो जितसँगै नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी -२० सिरिजको उपाधि जितेको छ ।

यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार