Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कुशल चम्किँदा नेपालले अमेरिकालाई दियो १ सय ७१ रनको लक्ष्य



विराटनगर । अमेरिकासँगको दोश्रो टी २० खेलमा नेपालले १ सय ७१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ६ विकेटको क्षतिमा पुरा ओभर खेल्दै नेपालले १ सय ७० रन बनाएको हो ।

अमेरिकाको टेक्सास राज्यको ग्राण्ड पायरी क्रिकेट स्टेडियममा भइरहेको खेलमा अहिले अमेरिकाले ब्याटिङ गरिरहेको छ । नेपालका लागि कुशल भुर्तेलले नट आउट रहँदै ९२ रनको योगदान गरे ।

यस्तै अनिल साहले २५ रन जोडे । पहिलो खेलमा नेपाल विजयी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार