Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओमानविरुद्ध नेपालको जित



काठमाडौं । क्याप्टेन रोहित पौडेलको अविजित ५६ रनको पारीसँग‌ क्यानडामा जारी त्रिकोणात्मक टी २० मा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ।

बुधबार राति भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५७ रनको योगफल बनाएको थियो । मध्यम योगफल जोड्ने क्रममा क्याप्टेन पौडेलबाहेक अन्यको ब्याटिङ उल्लेखनीय रहेन।

नेपालले राखेको चुनौति पछ्याउने क्रममा ओमानको टोली १७.५ ओभरमा १ सय १ रनमा समेटियो । नेपालका लागि सटिक बलिङ गर्ने क्रममा केशल भुर्तेलले १ दशमलव ५ ओभरमा १० रन खर्चिदै ३ विकेट लिए । त्यसैगरि क्याप्टेन पौडेल, सन्दीप लामिछाने, रिजन ढकालले समान विकेट लिए ।

जितसँगै ४ अंक बनाएको नेपाल नेट रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान ४ अंक बनाएको क्यानडा दोस्रो स्थानमा छ। यद्यपि क्यानडा र ओमानबीच अन्तिम खेल हुन बाँकी छ। यो खेल क्यानडाले जिते उपाधि उचाल्ने छ। यदि ओमानले जितेमा नेट रनरेटका कारण नेपाल च्याम्पियन हुने सम्भावना कायम रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार