Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पार्टीको काम रोकेर राहत र उद्धारमा खट्न एमालेको निर्देशन



काठमाडौं । सत्तारुढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ ।
आज बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा लाग्नसमेत पार्टी कार्यकर्तालाई निर्देशन दिइएको महासचिव शंकर पोखरेलले बताए । सडकहरु सञ्चालन गर्न पहिलो प्राथमिकता दिन सुझाएको महासचिव पोखरेलले जानकारी दिए ।

क्षतिको यकिन विवरण संकलन गर्न र धान लगायतका कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्न पनि बैठकले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार