Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इरानमा खानी विस्फोट हुँदा ५१ जनाको मृत्यु



काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा भएको विस्फोटमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार खानीका दुईवटा ब्लकमा मिथेन ग्यास चुहिएर विस्फोट भएको हो ।

बिस्फोट भएको खानी इरानको राजधानी तेहरानबाट करिब ५४० किलोमिटर टाढा रहेको छ । स्थानीय समय अनुसार शनिबार राति ९ बजे ( नेपाली समय अनुसार ११बजेर १५ मिनेटमा ) विस्फोट भएको हो ।

दक्षिणी खोरासानका गभर्नर जावेद गेनातजादेहले विष्फोटको समयमा ब्लकमा ६९ जना कामदारहरू खानीमा रहेको जानकारी दिए । अन्य केही हराएका र केहीको उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार