काठमाडौं । श्रीलङ्काको राष्ट्रपतिमा बामपन्थी उम्मेदवार अनुरा कुमार दिसानायके निर्वाचित भएका छन् । हिजो भएको भएको राष्ट्रपतीय चुनावको मतपरिणाम अनुसार दिसानायके निर्वाचित भएका हुन् ।
सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले हिजोको भने ५३ प्रतिशत मत बढाएर पुर्याएका छन्। १ करोड ७० लाख योग्य मतदातामा ७५ प्रतिशतले मतदान गरेका थिए ।
उनका निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उम्मेदवार साजिथ प्रेमदशाले समान १९ प्रतिशत मत ल्याएका छन्।
अनुराको आजै शपथ हुने भएको छ । उनको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ ।