काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका लागी ८ वटै टिममा पर्ने मार्की खेलाडीको टुंगो आज लक्की ड्रबाट लगाइएको छ ।
आज भएको लक्की ड्र अनुसार राष्ट्रिय टीमका कप्तान रोहित पौडेल टीम लुम्बिनीको मार्की खेलाडी बनेका छन् । यस्तै विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने परेका छन् ।
पोखराले कुशल भुर्तेललाई पाएको छ । कुशल मल्ल चितवन, करण केसी काठमाडौं, आसिफ शेख जनकपुर, दीपेन्द्रसिंह ऐरी सुदुरपश्चिम र सोमपाल कामी कर्णालीका मार्की खेलाडी बने ।
मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। पहिलो संस्करणको एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुँदैछ । अब अक्सनपछि खेलाडीहरु अनुबन्ध हुनेछन् ।