भारत । भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ । छत्तीसगढ राज्यको बालोदबजार जिल्लामा चट्याङ लागेर अन्य धेरै घाइते भएका छन् ।
छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले मोहत्रा गाउँमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको जानकारी दिनुभयो । घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
छत्तिसगढमा हरेक वर्ष मनसुनको समयमा चट्याङ लागेर सयौँ जनाको मृत्यु हुने गरेको छ ।