काठमाडौ । आजदेखि सुरु हुने एन्फा महिला लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका भिड्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा) ले को आयोजनामा सुरु हुने प्रतियोगिताको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नै हुने भएको छ । कोशीले छनोट चरण पार गरे एन्फा लिग खेल्न लागेको हो ।
एन्फाले प्रतियोगिताको उद्घाटन खेलमा निशुल्क प्रवेश दिने भएको छ । लिगमा तीन विभागीयसहित कुल १० टोलीले प्रतिष्पर्धा गर्दैछन् । कोशी, सुदूरपश्चिम र कर्णाली एन्फा महिला लिग छनोटमा शिर्ष तीनमा रहँदै एन्फा लिगका लागि छनोट भएका टोली हुन् । भोलिको खेल भने दशरथ रंगशालामा गर्ने योजनामा रहेको एन्फाले जनाएको छ ।
उद्घाटनबाहेक लिगका खेलमा टिकट मूल्य एक सय रूपैयाँ राखिएको छ । लिग विजेताले १० लाख, उपविजेताले पाँच लाख, उत्कृष्ट खेलाडीले एक लाख, फेयर प्ले टिमले नगद एक लाख ५० हजार रुपैयाँ पाउनेछन् ।
कोशी प्रदेशका श्याम मानन्धरले लिग हुनेबारे अनिश्चित भएकाले पाँच दिन मात्र तयारी गरे पनि उपाधि जित्ने लक्ष्यसहित आएको बताए । टोलीका महत्वपूर्ण सदस्य खुस्मा राई, जेनिफर रानामगर र गोलकिपर शुसीला चौधरी भुटानमा छन् ।