काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बिहीबारको बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष हुनुहुन्छ । डिसी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत हुनुहुन्छ । उहाँसँगै करिस्मा मानन्धरपनि बोर्डको अध्यक्षको लागि दौडधुपमा हुनुहुन्थो ।