काठमाडौं । नेकपा एसको उपमहासचिवमा सर्वाधिक मत ल्याउँदै मेटमणि चौधरी निर्वाचित हुनुभएको छ । पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम अनुसार ४ जना उपमहासचिवमा चौधरीसहित रामकुमार खड्का, गरिमा शाह र राजेन्द्र राई निर्वाचित हुनु भएको छ ।
मेटमणि चौधरी १५८ मत ल्याउँदा खड्का र शाहले समान १०७ मत ल्याउनु भयो । राईले १०६ मत पाउनु भयो । ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।