Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङकाे सगरमाथा युथ क्लबले जित्यो ताप्लेजुङ गोल्डकप उपाधि



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ ।

सोमबार भएको फाइनलमा सलहेश युवा क्लब सिराहालाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधि जितको हो ।

उपाधि रक्षाका लागि खेल सुरु भएको तीन मिनेटमा मोरङका विजय भुजेलले गोल गरे । ताप्लेजुङ गोल्डकपको उपाधि हात पार्नका लागि भुजेलले गरेको उक्त गोल नै प्रयाप्त बन्यो ।

सगरमाथा युथ क्लबले उपाधि जितेसँगै ट्रफी, मेडल र प्रमाणपत्रसहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार प्राप्त गरेको छ । उपबिजेता बनेको सलहेश युवा क्लबले मेडल, प्रमाणपत्र र नगद दुई लाख ५० हजार ५५५ रुपियाँमा चित्त बुझाउनुपरेको छ ।

सगरमाथाका सौभाग्य राई सबोत्कृष्ट खेलाडी घोषित हुँदै १५ हजार रुपियाँ पुरस्कार पाए । यस्तै सगरमाथाकै  विजय भुजेल सर्वश्रेष्ठ खेलाडीका रुपमा पुरस्कृत हुँदै १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे ।

त्यस्तै उत्कृष्ठ गोलरक्षकमा मोरङका प्रमिजय गच्छदार, उत्कृष्ट डिफेन्स सिराहाका कुलदिप कार्की, उत्कृष्ट मिडफिल्डर सिराहाकै सन्तोष खत्री घोषित भए । उनीहरु तीनैजनाले समान १०–१० हजार रुपियाँ पुरस्कार पाए।

यता प्रतियोगिताका बिजेतालाई प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले ट्रफी, मेडल, प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गरेका थिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार