Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश, उपाधिका लागि नेपालसँग भिड्ने



काठमाडौं । डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बंगलादेशबीच साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट गरिएको थियो । जसमा बंगलादेशले ४–३ ले भारतलाई पाखा लगायो ।

टाइब्रेकरमा परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे । तर, केल्भिन सिंह र आकाशको प्रहार मोहम्मद आसिफले रोके । बंगलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गरे ।

यसअघि नेपालले भुटानलाई टाइब्रेकरमा हराएर फाइनल यात्रा तय गरेको थियो । अब फाइनलमा नेपाल र बंगलादेशको भीडन्त पक्का भएको छ । उपाधिका लागि बंगलादेश र नेपाल बिच फाइनल खेल बुधबार दशरथ रंगाशालामा हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार