Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुनको मूल्यमा आज पनि बन्यो नयाँ रेकर्ड



काठमाडौं । सुनको मूल्यमा आज फेरि रेकर्ड कायम भएको छ । सुनको मूल्य आज अहिले सम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको जनाएको छ ।

मंगलबार सुन तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो । गएको आइतवार भने सुनको भाउ बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार