विराटनगर : नेकपा एमाले सोलुखुम्बुको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट बास्तोला अध्यक्षमा निर्वाचित भएका हुन् । उनी निवर्तमान जिल्ला अध्यक्षसमेत हुन् ।
उनले दुई सय ५५ मत ल्याए निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी हर्कबहादुर राईले एक सय २५ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा दुई सय ७७ मतसहित आशकुमार राई निर्वाचित हुँदा उपाध्यक्षका अर्का उम्मेदवार रामकाजी श्रेष्ठले ८९ मत ल्याए । सचिवमा कल्पना राई, उपसचिव खुलामा मिङमाछिरी शेर्पा, सहसचिव महिलामा मोहनकुमारी कार्की विजयी भएका छन् ।