इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेट आज ९मंगलबार० एक खेल हुँदैछ । प्रतियोगिताको चौथो दिन सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पुनेमा हुने दुई टोलीबीचको खेल ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा हैदरावाद जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ ।
गतसिजन कमजोर बनेको हैदरावाद आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । यता राजस्थान पनि सहज जित निकाल्ने योजनामा छ । राजस्थान सन्जु श्यामसनको कप्तानीमा मैदान उत्रनेछ भने हैदरावाद केन विलियमसनको कप्तानीमा मैदान उत्रनेछ ।
दुई टोलीबीचको पछिल्लो पाँच भेटमा राजस्थानले तीन खेल जितेको छ । हैदरावादले दुई खेल जितेको छ । गत संस्करण दुबै टोलीले एक एक खेल जितेका थिए ।