विराटनगर : नेकपा एमालेले ऐन महरलाई पुनः केन्द्रीय सदस्यमा मानेनीत गरेको छ ।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघिको सचिवालय बैठकले महर र सिराज अहमद फारुकीलाई केन्द्रीय सदस्यबाट हटाएको थियो ।
अनेरास्ववियुका पूर्वअध्यक्षसमेत रहेका महरको यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । महर एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।