विराटनगर : प्रदेश १ प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत शुरु भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बजेट प्रस्तुत गरिरहेका छन् ।
आङ्बोले बजेट वक्तव्यका क्रममा चालू आर्थिक वर्षमा ५.४१ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेका छन् । यस्तै चार वर्षको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने पनि उनले बताए ।