विराटनगर : नेकपा एमाले विराटनगर महानगरपालिका वडा नम्बर-२ कमिटीका अध्यक्ष विज्ञान शर्मा चापागाईले पार्टी परित्याग गरेका छन् ।
शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै चापागाईँले एमाले छाडेको स्वघोषणा गरेका हुन् ।
उनले आफू विद्यार्थी जीवनबाटै एमालेमा जोडिएको र अब सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । उनले एमालेको साधारण सदस्यतासमेत त्याग गरेको बताएका छन् ।
पार्टी जीवनबाट अलग भएपनि समाज र राष्ट्रप्रति अझ बढी जिम्मेवार भएर सामाजिक जीवन यापन गर्ने चापागाईले बताएका छन् ।