विराटनगर
जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मंगलबार भएको निर्वाचनमा मोरङको जिसस प्रमुखमा एमालेका अजम्बर राई २१ मतका साथ विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका जीतेन्द्र अग्रवालले १३ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा एमालेकै उषा झा विजयी भएकी छिन् । उनले २१ मत प्राप्त गरिन् । उपप्रमुखमा नेपाली काङ्ग्रेसकि निलम कुमारी सरदारले १३ मत ल्याइन् ।
त्यस्तै सदस्यहरुमा एमालेका तुलसीप्रसाद घिमिरे २२, देवमणी कटुवाल २१ र मित्रप्रसाद ढकाल २२ मतका साथ निर्वाचित भएका छन् । महिला सदस्यहरुमा उमा नेपालीले २३ मत, उर्वशी थारु २१ र हरिमाया विश्वकर्मा २१ मतका साथ विजयी भएको छन् ।