Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रचण्डलाई थाहै नदिई नारायणकाजी श्रेष्ठ र ओलीबीच २ घण्टा भेटवार्ता


  • Purbeli Press
  • सोमबार, जेष्ठ ३० २०७९

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

पार्टीका अधयक्ष अध्यक्ष पुष्पकमल दाहाललाई थाहै नदिइ एमाले अध्यक्ष ओलीसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।

श्रेष्ठ अध्यक्ष ओलीलाई भेट्न अइतबार विहान उनको निवास बालकोट पुगेको खुलेको छ ।

उनले ओलीसँग एक्लाएक्लै करिब २ घण्टा भेटवार्ता गरेको बताइएको छ ।

स्थानीय निर्वाचनमा गठबन्धनका दलहरुबाट कांग्रेसले फाइदा लिए पनि अन्य दलहरुलाई नोक्सान भएको निष्कर्षसहित वाम एकताको चर्चा चलिरहेका बेला भएको उनीहरुको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

आफूहरुबीच समसामयिक विषयमा छलफल भएको श्रेष्ठले जनाएका छन् ।

यो भेटलाई वाम एकताको आन्तरिक तयारीका रुपमा पनि लिइएको बताइएको छ। पछिल्लो समय श्रेष्ठ अध्यक्ष दाहालसँग पनि असन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार