Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एभरेष्ट सिङ्गिङ आइलड २०८०को फाइनलमा १५ जना फाइनल प्रवेश



विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी एभरेष्ट सिङ्गिङ आइडल २०८० को सेमिफाइनल समिकरण पूरा भएको छ । तीन वटा तहमा भएका फरक–फरक प्रतिष्पर्धाबाट १५ जना फाइनलमा प्रवेश गरेका छन् ।
स्कुलकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार कक्षा १ देखि ५, कक्षा ६ देखि ८ र कक्षा ९ देखि १२ सम्म गरि तीन वटा तहमा प्रतिष्पर्धा भएको हो । प्री अडिसन, अडिसन, रिदमिक राउण्ड हुँदै सेमिफाइनलसम्मको स्पर्धा सकिएको हो । जसबाट कक्षा १ देखि ५ सम्मको स्पर्धामा कक्षा २ अन्नपूर्णका रायन भट्टराई, कक्षा ३ गौरिशंकरका आर्यमन दुलाल, कक्षा ५ मकालुका अविशा भण्डारी, कञ्चनजंघाका श्रीयांश खड्का र निपुन काफ्ले फाइनल पुगेका छन् ।
यस्तै कक्षा ६ देखि ८ बिचको स्पर्धाबाट कक्षा ६ सगरमाथाका शिभम् पघिया, माछापुच्छ्रेकी आरोही तिम्सिना र अन्नपूर्णबाट सुवास्ना श्रेष्ठ, कक्षा ८ धौलागिरीबाट कृषा पोखरेल तथा गौरिशंकरबाट कृष्ण निरौला फाइनलमा प्रवेश गरेका छन् ।
यसैगरि कक्षा ९ देखि १२ को स्पर्धामा कक्षा ९ सगरमाथाकी स्मारिका आचार्य, अन्नपूर्णबाट यूनिशा न्यौपाने र सगरमाथाबाट श्रीदिमा प्रधान, कक्षा १२ को स्मिथबाट आर्या गुभाजु र पास्कलबाट पर्शु श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिताको सेमिफाइनलको निर्णायकमा संगीत प्रशिक्षक तथा गायक कुशेश्वर राई थिए । माघको अन्त्यतिर हुने फाइनल स्पर्धाका रहेक तहका विजेतालाई १० हजार, द्वितीयलाई ७ हजार र तृतियलाई ५ हजार नगद सहित ट्रफि प्रदान गरिने इन्चार्ज डंगोलले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार